

काठमाडौँ । ‘क्षेत्री क्षेत्री’ । फेरि ‘क्षेत्री क्षेत्री’ । बैंग्लोरको कान्तिरभा स्टेडियममा भारतले खेल्दा यही मात्र सुनिन्थ्यो । कोही लोकप्रिय होस् त यस्तो । दक्षिण भारतीय सहरमा सुनील क्षेत्रीको अभुतपूर्व लोकप्रियता थियो । त्यसै पनि उनी बैंग्लोर एफसीबाटै खेल्छन् । त्यसमाथि भारतीय टिमका कप्तान हुन् ।
अर्जेन्टिनी लियोनल मेसी वा पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले खेल्दा पूरा रंगशाला जसरी तिनकै पछि लाग्छ, सुनीललाई लिएर पनि ठ्याक्कै यस्तै देखिएको थियो । साफ च्याम्पियनसिप २०२३ का बेला जति समर्थकले भारतीय जर्सी लगाएर आए, त्यसको पछाडि एउटै नाम हुन्थ्यो । यो थियो, ‘क्षेत्री’ नै ।
सुरक्षाकर्मीको आँखा छल्दै केही दर्शक खेलकै बीचमा मैदानमा आइपुग्थे । सुनीललाई एकपल्ट छुन पाएकामै खुसी मान्थे । भारतीय फुटबलको ‘फ्यानवेस’ बढ्दै छ । कुनै पनि खेललाई चम्कन एउटा सुपर–स्टार चाहिने हुन्छ । भारतीय फुटबलका लागि सुनील त्यस्तै खेलाडी हुन् । उनकै नेतृत्वमा भारतले फेरि एकपल्ट साफ च्याम्पिनयसिप जित्यो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भारतले जितेको यो नवौंपल्ट थियो अनि यसअघिको जितभन्दा यो विशेष पनि रह्यो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७