TRENDING
होमपेज
कैलालीमा लागूऔषध कारोबार बढ्दा प्रहरीले निगरानी बढाए


धनगढी । कैलाली जिल्ला कारागारमा कैदीबन्दी भेट्न आउनेहरूमाथि प्रहरीले विशेष निगरानी बढाएको छ । यो हठात् गरेको भने होइन । धनगढी–६ चटकपुरका २५ वर्षीय भीम बोगटीलाई असार १५ मा प्रहरीले धनगढीस्थित कारागारको गेटबाट पक्राउ गर्यो । जबर्जस्ती करणी मुद्दामा जेलमा रहेका आफन्त ३१ वर्षीय करन बमलाई भेट्न उनी आएका थिए ।
करनका लागि उनले ल्याएको स्याम्पुको बट्टामा १३ ग्राम खैरो हेरोइन बरामद भएको थियो । यस्तै घटना असार १० मा पनि भएको थियो । धनगढीकी ५० वर्षीया कमलादेवी अवस्थी कारागार गेटबाटै खैरो हेरोइनसहित पक्राउ परे । लागूऔषधकै मुद्दामा कारावास सजाय भुक्तान गर्दै रहेका २१ वर्षीय छोरा ओमप्रकाशलाई उनले बिस्कुट लगिदिएकी थिइन । बिस्कुटभित्र ५४० मिलिग्राम लागूऔषध लुकाएको भेटिएको थियो ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७