

काठमाडौँ । सबथोक त्यतिबेला सुरु भएको थियो, जतिबेला क्रिस्टियानो रोनाल्डो साउदी अरेबिया गए अल नासरसँग अनुबन्ध गर्दै । उनी के आए साउदी प्रो लिगको परिचय नै अर्कै भयो । यो लिग यसपल्ट यत्तिकैमा रोकिने छाँट छैन । अहिले युरोपका एकपछि अर्का स्टार खेलाडीलाई आफ्नोमा तानिरहेको छ साउदीले ।
यसका लागि साउदीका क्लबहरू जति पनि रकम खर्चिन तयार छन् । त्यसो त फुटबलका पण्डित के मान्छन् भने साउदी अरेबियाले खेलाडी होइन, सिधै सफलता किन्न खोजेको छ । यो नीति लामो समयका लागि टिक्न नसक्ने चेतावनी पनि तिनीहरूले दिइरहेका छन् । तर, यतिभन्दा भन्दै पनि एकपछि अर्को ठूलै नाम भएका खेलाडी साउदी अरेबिया लागेका छन् । त्यसमाथि रोनाल्डोले खुलेर भनेका छन्, साउदी प्रो लिग युरोपकै सफल व्यावसायिक खेलाडीका लागि अब नयाँ गन्तव्य हुन सक्छ ।
मंगलबारमात्र लिभरपुलका ब्राजिली स्टार रोबर्टो फिर्मिनोले साउदीको गन्तव्य रोजेका छन् । उनले प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता सकिएलगत्तै साउदीको अल अहलीमा सम्झौता गरेका छन् । साउदी पुग्ने उनी पहिल्लो हाइप्रोफाइल खेलाडी हुन् । एनफिल्डमा आठ सिजन बिताएका फिर्मिनोले ३ सय ६२ खेलमा १ सय ११ गोल गरेका छन् ।
यस अवधिमा उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, क्लब विश्वकप जितेका थिए । उनीभन्दा अगाडि एक दिनअघि लिभरपुलकै पूर्वकप्तान स्टेभेन जेरार्डले अल इत्तिफाकमा प्रशिक्षकको रूपमा सम्झौता गरेका थिए ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७