TRENDING

हेटौंडाबाट १० लाख माछाका भुरा भारत निर्यात

हेटौंडा । हेटौंडा उपमहानगरपालिका—५ पिप्लेस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा उत्पादित माछाका भुरा भारत निर्यात गर्ने गरिएको छ । भारतीय सीमा जोडिएका बस्तीका बासिन्दाले हेटौंडाका माछापोखरीबाट माछाका भुरा किनेर भारत लैजाने गरेका हुन् ।
विकासे जातका माछाका १० लाखभन्दा बढी भुरा भारत निर्यात गरिएको मत्स्य प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रले चालु आर्थिक वर्षको असार १५ सम्म चार करोड ५० लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको केन्द्रका प्रमुख सरोज यादवले बताए । किसानको मागअनुरूप विगतको तुलनामा माछाका भुरा उत्पादन र बिक्री बढ्दै गएको छ ।

विगतमा प्रत्येक वर्ष ३ करोडदेखि ३ करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यस वर्ष उत्पादन बढेको हो । पोखरीको मर्मतसम्भार गरेपछि यो सम्भव भएको कार्यालयले जनाएको छ । कार्यालय परिसरमा रहेको माछा फर्मबाट सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएको कार्यालय अहिले दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दीजातको रंगीन कोई कार्प माछा प्रजनन तथा बिक्रीवितरणको तयारीमा छ ।

मुख्य समाचारबाट थप समाचार