

काठमाडौं । गोलकिपर गुरप्रित सिंह सन्धु नायक बन्दै कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमको खेल १(१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
सुरुमा ५५ पेनाल्टी प्रहार गरिएकोमा दुवै टोलीले ४–४ पेनाल्टी गोलमा परिणत गरे । जहाँ भारत कप्तान सुनिल क्षेत्री, सन्देश जिन्गन, लालिएन्जुअला चाङ्ग्टे र सुबासिस बोसले गोल गरे । भारतका उदान्त सिंह पेनाल्टीमा चुके ।
कुवेतका फवाज अलओताइबी, अहमद अल्धेफेरी, अब्दुलजिज महरान र सबाइब अलखाल्दीले गोल गरे भने मोहम्मद अब्दुलल्ह गोल गर्न सकेनन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७