

काठमाडौँ । उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिना पूर्ण रूपमा बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ ।
मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठका अनुसार २६ किमि सुरुङको सुरक्षालाईसमेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले गत २ गते मेलम्ची मुहान पुगेर पानी बाह्रै महिना सञ्चालन गर्न सबै उपाय अपनाउने घोषणा गरेका थिए । उनले यस्तो घोषणा गरेको दुई सातामा पानी बन्द भएको छ । ‘वर्षा सुरु भएकाले उपत्यकामा पानीको ठूलो समस्या नहोला कि भन्ने अपेक्षा गरेका छौं,’ श्रेष्ठले भने ।
२०७८ साल असारमा आएको बाढीले मुहानको माथिल्लो भागबाट आएको बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनः निर्माण हुन सकेको छैन । दीर्घकालीन रूपमा मेलम्चीलाई कसरी स्थायित्व दिने योजना बन्न सकेको छैन । ‘बाढीपहिरो आउनुअघि सामान्य वर्षातमा पानी धमिलो नहुने मेलम्ची खोलाको पानीमा अहिले बालुवा र माटो बगेको छ,’ कार्यकारी निर्देशक श्रेष्ले भने,‘धमिलो पानी पठाउन त सकिने भए पनि जोखिम नउठाएको हो ।’
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७