TRENDING
होमपेज
लगातार तेस्रो दिन घट्यो नेप्से


काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्कले घटेजर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । सोमबार २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता कारोबार भएको छ ।
घटेको बजारमा लगानीकर्ताले सेयर बिक्री गर्न नचाहेको देखिएको छ । त्यसो हुँदा सोमबार कारोबार रकम ४ अर्ब ५ करोड १० लाखमा सीमित भएको छ । यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ ।
होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले कमाए भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् । सोमबार सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त, सिटी होटलसहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७