TRENDING

अन्तरजातीय विवाह गर्दा घरमा आगजनी

जुम्ला । जुम्लामा आफ्नी बहिनीलाई भगाएर बिहे गरेको निहुँमा दलित समुदायका केटाको घरमा आगजनी गर्ने हिम्मत गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा आगजनी गरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाहरूले दबाब बढाएपछि प्रहरीले आगो लगाउने गिरीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

तातोपानी गाउँपालिका–४ का गिरीले आइतबार बिहान ४ बजे सोही गाउँमा रहेको केटाको घरमा आगो लगाइदिएका थिए । उनलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएको थियो । हिम्मतसँगै केटीका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध पनि किटानी जाहेरी दर्ता भएको छ ।

मुख्य समाचारबाट थप समाचार