

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने भएको छ ।
मेयर बालेन्द्र शाहले महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने बताउनु भएको हो ।
परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने शाहले बताउनु भएको छ । उहाँका अनुसार यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ । यस अघि गएको बिहीवार मेयर बालेन्द्र शाहले निजी विद्यालयलाई सरकारी विद्यालयले सरह शिक्षकलाई तलब सुविधा दिन निर्देशन दिनु भएको थियो ।
शिक्षा ऐन २०२८ र महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७८ लाई उद्धृत गर्दै मेयर शाहले सरकारी सरह तलब नदिए उजुरी गर्न निजी विद्यालयका शिक्षकहरुलाई आग्रह पनि गर्नु भएको थियो । तर, उहाँको यो निर्देशनप्रति निजी विद्यालय सञ्चालकहरुले असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले यो निर्देशन कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका छन् ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७