

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ ।
आज स्व। गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा उहाँले राम्रो विचार र एजेण्डासहित नागरिकको जीवनमा परिवर्तन ल्याउने विश्वासकासाथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने बताउनु भएको हो । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उहाँले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी समेत गर्नुभयो।
नेपाली नागरिकको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखिएकाले यसलाई रोक्न जरुरी रहेको बताउनु भएको छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७