TRENDING

खुल्यो नारायणगढ – मुग्लिन सडक

चितवन । पहिरोले अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुलेको छ । सोमबार बिहान तुइनखोलानजिकै पहिरो खसेर अवरुद्ध भएको सडक केहीबेर अघिदेखि खुलेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका मात्र खुले पनि सोमबार बिहान फेरि अवरुद्ध भएको हो । तुइन खोला आडमा खसेको पहिरोले सातायता यात्रुले सास्ती खेपिरहेका छन् । केहीबेर सडक खुल्ने र पहिरो खसिहाल्ने भएकाले सडकमा लामो जामसमेत लाग्ने गरेको छ ।

मुख्य समाचारबाट थप समाचार