

मुम्बई । शाहरूख खान अभिनीत बलिउड फिल्म ‘जवान’ ले प्रदर्शनको करिब दुई महिनाअघि नै रेकर्ड कायम गरेको छ । फिल्मको म्युजिक रिलिजअगावै कीर्तिमानी मूल्यमा बिक्री भएको हो ।
भारतीय सञ्चारमाध्यमका अुनसार फिल्मको म्युजिक राइट्स टी–सिरिजले ३६ करोड भारुमा किनेको हो । विभिन्न कम्पनीको प्रतिस्पर्धाबीच भूषण कुमारको टी–सिरिजले ‘जवान’ को म्युजिक राइट्स किन्न सफल भएको हो ।
म्युजिक राइट्स बिक्री भएसँगै फिल्मको चर्चामात्रै चुलिएको छैन, ‘पठान’ पछि शाहरूखको फिल्मले फेरि एक पटक बक्स अफिसमा तहल्का मच्चाउने अनुमान गरिएको छ । एटली कुमार निर्देशित फिल्म सेप्टेम्बर ७ मा सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
फिल्ममा शाहरूख खान, नयन तारा, विजय सेतुपति, सान्या मलहोत्रा, प्रियामनी, अल्लु अर्जुनलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलर फिल्म ‘जवान’ मा शाहरूखको उत्कृष्ट एक्सन रहेको बताइएको छ । शाहरूखको अर्को फिल्म ‘डंकी’ यसै वर्षको डिसेम्बरमा प्रदर्शन हुँदै छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७