

बाह्र मसला एक लसुन’ । नेपाली समाजमा प्रचलित यो भनाइले मसलाको रुपमा लसुन कति अपरिहार्य छ भन्ने जनाउँछ । खासगरी लसुनले माछामासु र तरकारीको स्वाद दोब्बर बढाइदिन्छ । तर लसुनको उपयोग स्वाद बढाउनमा मात्र छैन । यो औषधीय गुणले पनि भरिपूर्ण छ ।
खासगरी लसुनमा एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ । यो फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्सले भरपुर हुन्छ ।
लसुनलाई औषधिको रुपमा प्रयोग गर्ने चलन पनि व्यापक छ । खासगरी बिहान खाली पेटमा केही केस्रा लसुन खाँदा स्वास्थ्यमा कतिपय लाभ गर्छ भन्ने बुझाइ छ । वास्तवमै खाली पेटमा लसुन खाँदा फाइदा गर्छ यसले कुनै निश्चित समस्यामा फाइदा गर्ने हो वा सबै समस्यामा रु
कति लसुन खानु उपयुक्त
यदि लसुन बिहान खाली पेटमा खाँदै हुनुहन्छ भने लसुनको केस्रोको बनावटअनुसार मात्रा मिलाएर खानुपर्छ । जस्तै ठूलो केस्रा भए एक–दुई केस्रा जस्तै चाइनिज लसुन, ठिक्कको लसुन भए दुई–तीन केस्रा, स–साना भए चार(पाँच केस्रा लसुन सेवन गर्नु स्वास्थ्यवर्द्धक मानिन्छ । तर यसको फाइदाको लागि लसुनको सानो एक केस्रा वा आधा केस्रा मात्र खाएमा केही शरीरमा केही असर गर्दैन ।
यसको लागि दैनिक नियमित रुपमा मात्रा मिलाएर सेवन गर्नुपर्दछ । यसरी सेवन गर्दा यसले औषधिको रुपमा काम गर्दछ । साथै फाइदा गर्छ भन्दैमा तर एकैचोटि लसुनको सिंगै पोटी खानुहुँदैन । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
कसरी खाँदा हुन्छ
लसुन जसरी खाँदा पनि फाइदाजनक नै हुन्छ । सामान्यतया काँचो, पोलेर, पकाएर र अचार बनाएर खाने गरिन्छ । तर एकदम उपयुक्त भनेको काँचो लसुन खानु नै लाभदायक मानिन्छ । पकाएको लसुनमा औषधीय गुण कम हुन सक्छ ।
क–कसले खानु हुँदैन
ग्यास्ट्रिक वा एसिडिटी भएका वा लसुनको एलर्जी हुने सेवन नगर्दा हुन्छ । जस्तै मुटुरोगका बिरामी, श्वासप्रश्वासको बिरामी र दमको बिरामीले खानुहुँदैन । त्यस्तै बिरामीले रगत पातलो बनाउने औषधि सेवन गरिरहेका छन् भने पनि लसुनको सेवन गर्नुहँदैन । किनकि यस्तो अवस्थामा लसुन सेवन गरेमा अन्य समस्या बढ्न सक्छ ।
लसुनका अन्य फाइदा
कोलोस्टेरोल घटाउन मद्दत स् रक्तनलीमा जम्मा हुने खराब कोलेस्टेरोल जम्मा हुन दिंदैन । यसले रक्तप्रवाह सहज बनाउने गर्छ । यसले गर्दा मस्तिष्कलाई तेजिलो र स्वस्थ बनाउने, मुटुलाई स्वस्थ राख्न, छाला स्वस्थ बनाउन पनि सहयोग गर्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्ने लसुन खानाले उच्च रक्तचापबाट टाढा राख्ने कम गर्छ । लसुनले रक्तसञ्चारलाई नियन्त्रण गर्न मद्दत गर्छ । उच्च रक्तचापबाट भएका व्यक्तिहरुले चिकित्सकको सल्लाहअनुसार हरेक दिन लसुनको सेवन गर्दा लाभदायक हुन्छ ।
पाचन प्रणालीमा सहयोगी स् लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको केस्रा चपाएर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । साथै यसले खाना रुचि बढाउँछ । लसुन चपाएर खान सकिंदैन भने पुरै केस्रा नै नचपाइकन निलेर खाँदा पनि हुन्छ । यसको कारण पेटसम्बन्धी हुने समस्याबाट मुक्ति दिलाउँछ ।
तनाव कम गर्न उपयोगी लसुन स् लसुनले तनाव कम गर्न पनि सहयोग गर्छ । हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ, जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिंदैन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउने स् दैनिक बिहान लसुनको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउने गर्छ । विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ ।
लसुन बेफाइदा
सास गन्हाउने, दिनहुँ लसुन खाँदा पूरै जीउ नै गन्हाएको जस्तो हुने, मुख, पेट, आन्द्रा, छाती, मुटु पोल्ने, पेटभित्र ग्यास बढ्ने, पेट फुल्ने जस्ता समस्या हुन सक्छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७