

पेरिस — फ्रान्समा किशोर हत्याको विरोधमा प्रदर्शन बढेपछि राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो जर्मनी भ्रमण रद्द गरेका छन् । उनी मंगलबार भ्रमणमा जाने तालिका थियो । फ्रेन्च राष्ट्रपतिको २३ वर्षयताकै यो पहिलो स्टेट भ्रमण हुन लागेको थियो ।
मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा १७ वर्षीय किशोर नाहिल एमको प्रहरीद्वारा हत्या भएपछि फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनले देशव्यापी रूप लिएको हो । शनिबारसम्म प्रदर्शनमा सहभागी १ हजार ३ सय जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारले विभिन्न सहरमा हजारौं सुरक्षाकर्मीलाई तैनाथ गरेको छ । प्रदर्शनीका क्रममा पेरिस, लिल, लियोन, दिजों, नातेयर, मासेई, क्लामालगायतका सहरमा सयौं भवन तथा सवारीसाधनमा आगजनी गरिएको छ ।
लियोन सहरका मेयरले रातको समयमा प्रदर्शन र लुटपाट बढेको भन्दै थप सुरक्षाकर्मी माग गरेका छन् । लियोनमा शुक्रबार राति व्यक्तिगत भवन, प्रहरी कार्यालयमा आक्रमण भएको थियो, जसमा ३५ जना सुरक्षाकर्मी घाइते भएका थिए । उक्त किशोरलाई मंगलबार बिहान पेरिस उपनगर नातेयरमा एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।
प्रहरीले सुरुमा नाहिलले प्रहरीलाई कार चलाउँदै आएर गोली हानेको रिपोर्ट गरेको थियो । तर घटनाको सत्यतथ्य नियाल्न जाँच गरिएको भिडियोले त्यसलाई गलत साबित गरिदिएको थियो ।
सुस्त गतिमा गाडी हाँकेर रोकिन लागेका पीडितले रोकिनुअघि गाडी कुदाएपछि प्रहरी अफिसरले फायर गरेको भिडियोमा देखिएको बताइएको छ । शुक्रबार मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशव्यापी प्रदर्शनलाई नियन्त्रण गर्न थप सुरक्षा बलहरू तैनाथ गरिने म्याक्रोंले बताएका थिए ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७