

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाता संख्या ५ करोड नाघेको छ । यो नेपालको कुल जनसंख्या भन्दा २ करोड ९ लाख ४८ हजार बढी हो । यसको अर्थ सबै नेपालको पहुँचमा बैंक पुगेको भन्ने होइन । एक व्यक्तिले एक भन्दा धेरै बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाइन्छ । यसकारण एकै व्यक्तिले विभिन्न बैंकमा गरेर एकभन्दा बढी खाता खोलेकाले कुल जनसंख्याको तुलनामा निक्षेप खाता संख्या धेरै देखिएको हो ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । राष्ट्र बैंकका अनुसार वैशाखसम्म क, ख र ग वर्गका वित्तीय संस्थामा गरी कुल ५ करोड १ लाख १३ हजार ४ सय ९८ वटा निक्षेप खाता खुलेका छन् । सोही अवधिमा ऋण खाता भने १८ लाख ४२ हजार ९ सय ३० रहेका छन् ।
उता ‘प्रदेश र जिल्लास्तरमा वित्तीय साक्षरताको अवस्था र वित्तीय समावेशिताको स्थिति’ सम्बन्धी सर्वेक्षण–प्रतिवेदनले ७१।८३ प्रतिशत वयस्क जनसंख्या आर्थिक गतिविधिका लागि साहुमहाजन, परिवार तथा साथीभाइमै निर्भर रहेको देखाएको छ ।
प्रतिवेदनले नेपालीको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७।९ प्रतिशत रहेको देखाएको छ । वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७।३ प्रतिशत, वित्तीय व्यवहार ६३।५ प्रतिशत र वित्तीय मनोवृत्ति ६४।१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ‘वयस्क जनसंख्याको २७।५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तीनै आयामहरूमा न्यूनतम अंक प्राप्त गरेका छन् । वित्तीय ज्ञानमा ३६।५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६।६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५।४ प्रतिशत वयस्क मानिसले न्यूनतम अंक प्राप्त गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७