

काठमाडौ । आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो ।
महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुदा नं।१ मा संघ प्रदेश र स्थानीय तहहरुको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणाली समेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले जनाएको छ ।
संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम ९१० र ९२० बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम ९७० र ९८० बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिन अघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७