TRENDING

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं । बालुवाटारको सरकारी जग्गा हिनामिनामा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । सिआइबीले उनलाई पक्राउ गरेको हो ।

सो प्रकरणमा उनको पनि संलग्नता रहेको सिआइबी दाबी छ । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । राणा परिवारसँगको नाता पनि पर्ने उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले बतायो ।

निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएका श्रोतको दाबी छ । यसअघि अख्तियारले उनलाई मुद्दा दायर गरेको थिएन । यो प्रकरणमा व्यापारी मिनबहादुर गुरुङ तथा मालपोतका कर्मचारीहरू पक्राउ परिसकेका छन् ।