

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन को आन्दोलनका कारण बोर्डले उत्तरपुस्तिका परीक्षणको काम रोकेको हो ।
१८ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको हिस्टुनका कारण मंगलबारदेखि १९ गतेसम्मका लागि उत्तरपुस्तिका परीक्षण स्थगित भएको हो ।
हिस्टुनका महासचिव शंकर तिवारीले देशभरका परीक्षण केन्द्रमा मंगलबारदेखि १९ गतेसम्मका लागि परीक्षणको कारण रोकिएको बताए । आफूहरूले आन्दोलन गर्दै आएको र सरकारलाई दबाब दिनका लागि परीक्षणको काम स्थगित गराईदिन अनुरोध गरेको र सोही आधारमा रोकिएको उनको भनाई छ ।
साबिकको उच्च माध्यमिक विद्यालय तहमा कार्यरत ४ हजारको संख्यामा रहेका अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनेपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।
उमावि तहको दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रूपमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतिपस्र्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।
त्यसरी विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मानिनुपर्ने उनीहरूको माग छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७