

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक मंगलवार दिउँसो बस्दै छ। मंगलवारको बैठकमा प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची छ। बैठक अपराह्न १ बजे बस्ने बताइएको छ। उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८०र०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेश सभा सचिवालयमा मंगलवार बसेको कार्यपरार्मश व्यवस्थापन समितिको बैठकले उक्त कार्यसूची तयार पारेको हो। गत असार १ गते बसेको प्रदेश सभाको बैठकमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्षको अनुमानित बजेट सार्वजनिक गरेका थिए।
यस्तै, सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगतै प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउँदै उक्त बैठक स्थगित गरेका थिए।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७