TRENDING
होमपेज
काठमाडौं महानगरमा पार्क निर्माण र वृक्षरोपण गर्न ५० करोड


काठमाडौँ । काठमाडौं महानगरपालिकाले हरियाली प्रबर्द्धनका लागि ५० करोड रूपैयाँ विनियोजन गरेको छ । महानगरले पार्क, आइल्याण्ड निर्माण, संरक्षण र वृक्षरोपणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष ०८० /८१को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले मेरो रहर, हरित सहरु योजनालाई गौरवको योजनाको रुपमा कार्यान्वयन गरिने बताइन् । यो कार्यक्रम मार्फत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षरोपण सम्बन्धी कार्य अभियानको रुपमा सञ्चालन गरिने उल्लेख छ ।
यस्तै महानगरले विभिन्न संघसंस्था र निकायसँगको सहकार्यमा आगामी आर्थिक वर्षभरि नै वृक्षरोपण कार्यक्रमहरु अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । अभियानका लागि अन्य संघसंस्था र निकायहरुसँग सहकार्य गर्न आवश्यक रकमको प्रबन्ध मिलाएको महानगरले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७