

काठमाडौँ । खेतबारी, खोलानाला तथा जंगलमा सहजै पाइने सिस्नो विदेश निर्यात हुन थालेको छ । स–साना व्यवसायीले सिस्नोलाई धूलोरपिठोका रूपमा कोसेली बनाएर निर्यात गर्न थालेका हुन् । व्यावसायिक रूपमा भने सिस्नो निर्यात गर्न सकिएको छैन ।
देशका विभिन्न पालिकाले समेत सिस्नोलाई संरक्षण र व्यावसायिक बनाउन सहयोग गर्न थालेका छन् । तरकारीका रूपमा प्रयोग हुँदै आएको सिस्नोको बजारीकरणमा बागलुङको जैमिनी नगरपालिकाले सघाएको छ ।
नगरपालिकाले सिस्नोको धूलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि त्यहाँका महिला उद्यमीले काम सुरु गरेका छन् । चालु वर्ष मात्रै दुई हजार किलो सिस्नो पाउडर तयार गर्दासमेत माग धान्नै मुस्किल भएको गाजादह सिस्नो पाउडर उत्पादन समितिकी अध्यक्ष तारादेवी पुनले जनाइन् ।
‘छुँदा पोल्ने हुँदा खेतबारी र घरको छेउछाउ उम्रेको सिस्नोलाई पहिले आगो लगाउँथे,’ उनले भनिन्, ‘अहिले त्यही सिस्नोलाई जगेर्ना गर्न थालिएको छ । यसले रोजगारी पनि बढाएको छ ।’ आफैं उम्रिएका सिस्नोले नपुग्ने हुँदा अब बाँझो जग्गामा सिस्नो लगाउने योजना रहेको उनले सुनाइन् । अहिले देश–विदेशबाट सिस्नोको धूलोको माग बढ्दै गएको उनको भनाइ छ ।
चितवन, काठमाडौं, पोखरादेखि हङकङ, लन्डनलगायत देशमा पनि सिस्नो पुगिसकेको उनले जानकारी दिइन् । खेर गइरहेको सिस्नोले स्थानीय महिलालाई स्वरोजगारसमेत बनाएको छ । सिस्नोले स्वास्थ्यलाई समेत प्रत्यक्ष फाइदा पुग्ने हुँदा माग बढ्दै गएको छ । प्रतिकिलो ६ सय ५० देखि २ हजार रुपैयाँसम्म सिस्नोको धूलो बिक्री भइरहेको उनले सुनाइन् ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७