

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको भन्दै विघटन गर्न आग्रह गरेका छन्।
बजेटप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै आएका पाण्डेले शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै यस्तो आक्रोश पोखेका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। आज प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त तीन दिनअघि प्रश्न गरेको हो नि। उहाँको सचिवालयले तयार गर्नुपर्थ्यो कि पर्दैनथ्यो।
विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय।’ पाण्डेले भने, ‘अहिले मन्त्रीले मन नपराएका सचिवजति त्यहाँ प्रधानमन्त्री कार्यालयमा कवाडीखाना जस्तो थन्क्याएको स्थिति रहेछ। त्यस्ता सचिव जम्मा भएपछि तिनीहरूले काम गर्छन्रु यतातिर प्रधानमन्त्रीको ध्यान जान जरुरी छ।’
उनले आफू मातहत भएका राष्ट्रिय अनुसन्धान विभागलगायतका निकाय फिर्ता गर्न प्रधानमन्त्रीले पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७