

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै दाहालले गत वर्षको साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार टन रासायनिक मल आयात भएको बताए ।
उनले सोमध्ये ७१ हजार टन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको बताए । यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने दाहालको भनाइ छ । प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबी गरेका छन् ।
‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमाभन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छुु उनले भने ुरासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।ु मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरणकार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएकाले सहजता भएको उनको भनाइ छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको दाहालले बताए ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७