

काठमाडौँ । भारतीय फिल्म आदिपुरुषको प्रदर्शन रोकिएको छ । विवाद लामो समयसम्म नलम्बियोस् भन्ने उद्देश्यले उक्त फिल्म नचलाउने निर्णय गरेको फिल्मका वितरक मनोज राठीले जानकारी दिए । ‘विवाद नलम्बियोस् भनेर हामीले फिल्म नचलाउने निर्णय गर्यौं‚’ उनले भने ।
अरु भारतीय फिल्म चलाए पनि आदिपुरुष हलहरूमा नचलाइने उनले बताए । वितरकले नै फिल्म नचलाउने भएपछि आफूहरूले चलाउन नमिल्ने चलचित्र संघका उपाध्यक्ष भास्कर ढुंगानाले बताए । ‘वितरकले फिल्म नचलाउने भनेर भनिसकेपछि हामीले चलाउनु पनि भएन‚’ उनले भने ।
सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन आदेश गरेको थियो । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको थियो ।
अदालतको यो आदेशसँगै फिल्म आदिपुरुषको प्रदर्शनको बाटो खुले पनि वितरकले नै प्रदर्शन नगर्ने भनेपछि फिल्मको प्रदर्शन रोकिएको हो । यसअघि शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभई देशभर ुआदिपुरुषु को प्रदर्शन स्थगन गरिएको थियो ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७