

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष आव २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।
‘सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
नगरसभा सदस्यहरुले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरवलोकन गर्नुपर्ने विषय उठाएका थिए । यस्तै लामो समयदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नु पर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनु पर्ने लगायतका सुझाव उनीहरुले दिएका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरु नवराज पराजुली, न्हुच्छेकाजी महर्जन, विमल होडा, गायत्री पुडासैनी, भगवान बुढाथोकी, शारदा सुवेदी, कल्पना सुन्दास, हर्कबहादुर खाती, आशा श्रेष्ठ रौनियार, श्रीराम राई, टेकराज अधिकारी, सन्तोष ढुङ्गेल, सरु अधिकारी, सन्ध्या खनाल, रत्नाकर बज्राचार्य, रसला तण्डुकार र शर्मिला परियारले टिप्पणी गरेका थिए ।
महानगरले आगामी आवको नीति तथा कार्यक्रममा वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ गरेर निर्यात गर्ने, १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, शहरी सेवा, सुविधा र शहरी शासनका सवाललाई दिगो बनाउन स्वर्णिम योजना सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश छन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७