

न्युर्योक । टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको हो ।
यस घोषणासँगै पाँच दिन लामो खोज अभियान समाप्त भएको अमेरिकी तट रक्षक गार्डले बताएका छन् । रोयटर्सका अनुसार क्यानाडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो ।
अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने ‘६र७ मिटरका टाइटनका पाँच वटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए ।’ सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन् रु भनेर कुनै उल्लेख गरिएको छैन।
संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनिकको पर्यटक बोकेको पनडुब्बी गत आइतबार बिहान सम्पर्क विच्छेद हुन पुगेको थियो । समुन्द्रको गहिराइमा प्रवेश गरेको २ घण्टा ४५ मिनेटमा नै सम्पर्क विच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतबार देखी नै पाँच राष्ट्रका पनडुब्बी विज्ञहरूले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरू फेला परे पछि विस्फोट भएको पुष्टि भएको हो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७