

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले २०८४ को चुनावमा बालेन्द्र शाह र हर्क साम्पाङलाई पार्टीमा जोड्ने चाहना भएको बताएका छन् । पार्टी स्थापना भएको एक वर्षको अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू उनीहरूका कामबाट प्रभावित भएको भन्दै सँगै अघि बढ्ने वातावरण भए धेरै राम्रो हुने बताएका हुन् ।
‘जसले जहाँबाट राम्रो गर्छ । कसैले राम्रो चिज गरेको छ भने सघाउने र मद्दत गर्ने हाम्रो नीति हुनेछ’ २०८४ को चुनावमा स्वतन्त्रबाट जितेका बालेन र हर्कलाई पनि तपाईंकै पार्टीमा समेटेर जानेबारे के छ तयारी भन्ने प्रश्नमा लामिछानेले भने, ‘यस्तो भए त राम्रो हुन्थ्यो । असाध्यै राम्रो हुन्थ्यो । मेरो चाहना पनि उहाँहरूलाई जोड्न चाहना छ । उहाँहरूसँग सम्बन्ध सौहार्द छ । निरन्तर उहाँहरूको राम्रो काममा सघाएको छु । राम्रो संकेत बन्न सके राम्रो हुन्छ ।’ तर उनीहरूले पार्टी खोल्नेबारे आफूले नसुनेको उनले बताए ।
गत स्थानीय तहमा बालेनले काठमाडौं महागनरपालिका र साम्पाङले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट चुनाव जितेका थिए । स्वतन्त्रको उदयपछि रविले टेलिभिजन पत्रकारिता छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए । यो पार्टीले ४ मंसिरमा २० सिट जितेको थियो । ४ वैशाखमा उपनिर्वाचनबाट थप एक सिट पनि जित्न सफल भएको थियो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७