TRENDING

मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

काठमाडौँ । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् ।

पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालले बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेपछि  संक्षिप्त कुराकानीमा अर्यालले मेयर शाहमा लोकतान्त्रिक अभ्यासको परिपालना अत्यन्तै कमजोर रहेको बताइन् ।

लोकतन्त्र भनेको सबै पक्षसँग समन्वय,छलफल र सहकार्य आवश्यक हुन्छ, उनले भनिन्, हिसानले शिक्षा मन्त्रालयबाट अनुमति लिएर मेला लगाएको थियो । कार्यक्रम सञ्चालन गर्ने बेलामा नगर प्रहरी पठाएर जबर्जस्ती हटाउन लगाउने होइन । लिखित भए पनि ुडिग्निफाइड क्लोजरु हुन्छ नि १ु निजी शैक्षिक संस्थाहरूलाई नियमन गर्ने हो तर त्यसरी लथालिंग छाड्ने अवस्था नरहेको उनले बताइन् ।