

काठमाडौं । मुटुको चालमा गडबडी भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ।
मुटुमा समस्या देखिएपछि शनिबार अस्पताल पुगेका उनलाई चिकित्सकले मुटुको चाल निगरानीका लागि भन्दै भर्ना गरेर राखेका थिए। अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चाल कम भएपछि पेसमेकर जोडिएको हो।
पेसमेकर एक प्रकारको यन्त्र हो । यसले मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसंचार नपुगेको बेलामा मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्छ।
उनलाई अस्पतालको सिसियुमा राखेर मुटुको चालको निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
राष्ट्रपति पौडेलको गत मंगलबार शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एकदिन अस्पताल भर्ना भएर बसेको राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।
मुख्य समाचारबाट थप समाचार
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७