TRENDING

ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौँ । पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

खासगरी आज कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।