

काठमाडौं । युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ । स्लामिक स्टेट समूहसँग सम्बन्धित विद्रोही, एलाइड डेमोक्र्याटिक फोर्सेस एडीएफले पश्चिम युगाण्डानाको पोन्ड्वे शहरमा रहेको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको हो ।
आक्रमणबाट मारिएका ४० जनामध्ये धेरैजसो छात्रावासमा बसेका विद्यार्थीहरु छन् । आक्रमणमा परी आठ जनाको अवस्था गम्भीर छ ।
स्थानीय समय अनुसार शुक्रबार राति साढे ११ बजेतिर आक्रमण भएको युगाण्डाको सेनाका एक जना मेजर जेनेरलले स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन् । उनका अनुसार केही विद्यार्थीहरुलाई बीभत्स तरिकाले हत्या गरिएको छ भने केहीलाई अपहरण गरिएको छ ।
एडीएफले सन् १९९० को दशकमा विद्रोह सुरु गरेको घोषणा गरेको थियो । एडीएफ डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको पूर्वी भागमा रहँदै आएको बताइन्छ ।
युगान्डा र कंगोले एडीएफविरुद्ध संयुक्त सैन्य कारबाही सन्चालन गर्दै आएका छन् । १८ महिना अघि गरिएको एक सैन्य कारबाहीलाई एडीएफले असफल बनाइदिएको थियो ।
शुक्रबार विद्यालयमा आक्रमण गरिएपछि सो समूहलाई सेनाले विमानसमेत परिचालन गरेर कंगोको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ केन्द्रित रहेर कारबाही अघि बढाएको बीबीसीले जनाएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७