

काठमाडौं । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसइई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन्। विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसइई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छिन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन्।
त्यसै गरी फर्स्ट रनरअप अदिती शर्मा भइन् भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन्। सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङमार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन्। फोर्थ रनरअपको ताज प्रतिस्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् ।
त्यसैगरी अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना तामाङ, हम्बल प्रशंशा लिम्बु, अनेष्ट आर्सी मर्हजन, प्रिटी श्रीयुती भण्डारी, वेष्ट स्माइल सुमीता महतो, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कुँवर , फ्रेन्डसिप एन्जल मर्हजन , स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का ,कन्फिडेन्ट अश्लेसा सिटौलाले जिते।
प्रतियोगीताको उद्घाटन प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री माननिय अमनलाल मोदीले गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगीहरूलाई हौसला दिदै मन्त्री मोदीले यस्ता कार्यक्रमले छात्राहरूको व्यक्तित्व विकास,नेतृत्वको विकास र अनुशासित र निर्डर वनाउन सहयोगी भूमिका खेल्ने बताए।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७