

काठमाडौँ । विश्वकप लिग २ र त्यसमा पनि विशेष गरी घरेलु मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनलाई विश्वकप छनोट क्रिकेटमा उतार्न नेपाल आतुर रहेको छ । नेपालले जिम्बावेमा आइतबार सुरु हुने विश्वकप छनोटको पहिलो खेलमै घरेलु टोलीको सामना गर्ने छ ।
यसै वर्ष अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोट आधार रहेको प्रतियोगितामा नेपाल समावेश समूह ‘ए’ मा टेस्ट राष्ट्रद्वय वेस्ट इन्डिज र जिम्बावेसहित नेदरल्यान्ड्स र अमेरिका छन् ।
त्यस्तै श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई समूह ‘बी’ मा छन् । समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपलाई छानिने छन् ।
समूह ‘ए’ का खेलहरू हरारे र समूह ‘बी’ का खेलहरू बुलावायोमा हुनेछन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज लगातार दोस्रोपल्ट विश्वकप छनोट खेल्न लागेको हो । एकदिवसीय वरीयतामा बंगलादेश र अफगानिस्तानभन्दा पछाडि रहेपछि वेस्ट इन्डिज पनि यो प्रतियोगिता खेल्न बाध्य भएको छ ।
वेस्ट इन्डिजका सहायक प्रशिक्षक एवं पूर्व कप्तान कार्ल हुपरले आफ्नो टोलीले छनोट प्रतियोगिता खेल्नुपर्छ भनेर विगतमा कहिल्यै नसोचेका बताउँछन् ।
‘मैले अरू टिमलाई सम्मान गर्न नखोजेको होइन तर हामी अमेरिका, नेपाल, स्कटल्यान्डसहितका राष्ट्रसँग खेल्न गइरहेका छौं,’ हुपरले क्रिकइन्फोमा भनेका छन् । नेपालले वेस्ट इन्डिजसँग बिहीबार खेल्ने छ । नेपालले पहिलो पटक वेष्ट इन्डिजसँग खेल्न लागेको हो ।
तर, नेपालको ध्यान अहिले आइतबार हुने जिम्बावेसँगको खेलमै छ । नेपालले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट राष्ट्रसँग खेल्न लागेको हो ।
नेपालले चार वर्षअघि जिम्बावेमै भएको विश्वकप छनोटमा पनि घरेलु टोलीसँग खेलेको थियो । तर, नेपालसँग त्यतिखेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थिएन । १० राष्ट्र सहभागी जिम्बावेको त्यही प्रतियोगितामा आठौं हुँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको थियो ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७