

काठमाडौँ । नेपालको फिलिपिन्सविरुद्ध बिहीबारको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल एउटा तथ्यका लागि सधैं सम्झिने छ । तथ्यका नायक हुन्, आर्मीका विमल पाण्डे । सम्भवतः उनी आफ्नो खेलजीवनको अन्त्यतिर थिए । उनले सोचेका पनि थिएनन्, कुनै दिन नेपालका लागि खेल्ने छु भनेर । तर, सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–८० को क्रममा उनी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको नजरमा परिहाले । नतिजास्वरूप उनले फिलिपिन्ससँग राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाए ।
त्यो पनि सुरुआतमै । अनि यसै क्रममा बनेको छ एउटा कीर्तिमान । त्यसमा विमललाई पनि गर्व रहनेछ । उनी नेपालका लागि सबैभन्दा बढी उमेरमा डेब्यु गर्ने खेलाडी बनेका छन् । फिलिपिन्सविरुद्धको खेलका लागि रियल मेमोरियल स्टेडियममा डेब्यु गर्दा उनी ३३ वर्ष ४ महिना २४ दिनका थिए । त्यस अगाडि सबैभन्दा बढी उमेरमा नेपालका लागि डेब्यु गरेको कीर्तिमान टासी छिरिङको नाममा छ । सन् २००५ को साफ च्याम्पियनसिपमा उनले भारतविरुद्ध डेब्यु गरेका थिए ।
पाकिस्तानको कराँचीमा भएको उक्त खेलमा टासीले पनि नेपालका लागि सुरुमै खेल्न पाए । जापानी प्रशिक्षक तोसिहिरो सिवाजावाले उनलाई त्यो मौका दिएका थिए । त्यतिबेला टासीको उमेर थियो ३२ वर्ष ७ महिना १६ दिन ।
त्यसको १८ वर्षपछि अब विमलले पनि भारतको बेंग्लोरमा हुने साफ च्याम्पियनसिप खेल्नेछन् । विमल र मनाङ मर्स्याङ्दीका खेलाडी रहेका टासीको एउटा समानता के भने दुवै डिफेन्डरका रूपमा थिए । विमलको उपलब्धिले फेरि सिद्ध भएको छ, खेलाडीको भाग्य कुन बेला कसरी फेरिने हो, थाहा हुन्न ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७