

काठमाडौँ । मुलुकभर प्रदर्शन भइरहेको फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाका विभिन्न सहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समूहले प्रदर्शन अधिकार किनेको हो । बिहीबार दुवै पक्षबीच प्रदर्शन अधिकार खरिद–बिक्रीमा सम्झौता भएको फिल्मका निर्देशक फूलमान वलले जनाए ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए । फिल्मले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७