

काठमाडौ । धादिङको गजुरी गाउँपालिका–२ तुदीखोलामा पक्किपुल निर्माणको काम अगाडि बढेको छ । प्रतिनिधि सभा धादिङ क्षेत्र नं. १ का संसद तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहिवार एक कार्यक्रमका बीच तुदीखोलामा निर्माण सुरु हुन लागेको पक्की पुलको शिलान्यास गरेका छन् ।
पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुँदा उक्त पुलका लागि बजेट बिनियोजन गरेका थिए । उक्त पुलको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले भरतपुर स्थित भद्रकाली निर्माण सेवालाइ रु। ४ करोड ४४ लाख ९६ हजार ३८३ मा ठेक्का लगाएको छ ।
उक्त पुल आगामी २०८१ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । पक्कि पुल शिलान्यास भए संगै स्थानीयमा खुसियाली छाएको छ । पुल निर्माण भएपछि स्थानीय उत्पादनलाई बजार लैजान सहज हुनेछ । यसका साथै मलेखु भण्डारा चेपाङ मार्ग, ताल्ती जान एवम् चिनिया लगानीमा धादिङमा सञ्चालित हुवासिन सिमेन्ट फ्याक्ट्रीमा जान सहज हुनेछ ।
मलेखु देखि भण्डारसम्मको सडक स्तरोन्नतीका लागि विश्व बैंकले विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको छ । मलेखु कान्द्राङगढी २३ किलो मिटर र कान्द्राङगढी देखि भण्डारा ४६ किलोमिटर गरी ६९ किलोमिटर रहेको छ ।
यदि विश्व बैंकले यो सडक स्तरोन्नतीमा काम ग¥यो भने मलेखुबाट सुरुङ बनाउने छ र १६ किलो मिटर दुरी घटी मलेख भण्डारा ५३ किलोुने छ । यस क्षेत्रमा गरिवीसंग लडिरहेका चेपाङ लगायका जातीहरुको आर्थिक सम्वृद्धिमा कोशेढुंगा सावित हुने छ ।
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७