

काठमाण्डौ । गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । बागमती प्रदेशको धादिङ, काठमाडौंसहित गण्डकी र कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी गण्डकी प्रदेश लमजुङको खुदी बजारमा १३० मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङकै कुन्सामा १०३ मिलिमिटर, कास्कीको सिक्लेसमा ९३ दशमलव २, लमजुङको गैरीढुंगामा ८५, रैनास्तर ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, बाग्मती प्रदेशको मकवानपुरको दामनमा ७० दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, धादिङ धुनीबेशीमा ७१ दशमलव ४, काठमाण्डौको बूढानीलकण्ठ आसपासमा ३६ मिलिमिटर र ललितपुरको लेलेमा ६० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
मौसमविद्हरुका अनुसार आज पनि बाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । नेपालमा हिजो मनसुन भित्रिएको हो ।
यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएकोे छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७