

काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिका तीन वर्षअघि देखिएको ‘लम्पी स्किन’ रोग अहिले मुलुकभरका गाईभैंसीमा फैलिएको छ । सुरुका दुई वर्ष सरकारी नियन्त्रणमा रहेको यो रोगले महामारीको रूप लिएको हो । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो संख्या अझै बढ्न सक्ने विभागको प्रक्षेपण छ ।
विभागका सूचना अधिकारी चन्द्र ढकालले यो प्रारम्भिक तथ्यांक मात्रै रहेको बताए । ‘मुलुकभरको अवस्था भयावह छ । संक्रमित र मरेका गाईभैंसीको संख्या अझै धेरै हुन सक्छ,’ उनले भने । विभागले गाउँपालिकासँग छलफल गरेको आधारमा संक्रमित गाईभैंसीको संख्या निकालेको हो । सूचना अधिकारी ढकालका अनुसार २०७७र७८ मा मोरङ, चितवनसहित ८ जिल्लाका ११ गाउँपालिकामा लम्पी स्किन देखिएको थियो । १ हजार ४ सय ५८ गाईभैंसी संक्रमित थिए, तीमध्ये १३ वटा मरेका थिए ।
२०७८/७९ मा ९ जिल्लाका १९ गाउँपालिकामा पुनः देखियो । १ हजार ८ सय ३८ गाईभैंसी संक्रमित भए । ‘२०७८र७९ मा गाईभैंसी मरेनन् तर अहिले महामारीका रूपमा फैलिएकाले भयावह बन्यो,’ ढकालले भने, ‘सबैभन्दा बढी कर्णालीमा १ लाख ४४ हजार ५ सय ५० गाईभैंसीमा रोग देखिएको छ, ४ हजार ७ सय ७५ मरेका छन् ।’ कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालयले संक्रमण र मरेको संख्या अझै बढी रहेको जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी मोहन गिरीका अनुसार कर्णालीमा रहेका गाईभैंसी को संख्यामध्ये करिब ८० प्रतिशतमा रोग देखिएको छ । ‘अवस्था भयावह छ । करिब ५ लाख घरपरिवारले २० लाख पशुपालन गरेका छन्, तीमध्ये ८० प्रतिशत प्रभावित छन्,’ गिरीले भने, ‘पशु पाल्ने हरेक घरमा लम्पी रोग देखिएको छ ।
’ कर्णालीमा सबैभन्दा बढी प्रभावित जिल्ला सुर्खेत, सल्यान, रुकुम पश्चिम, हुम्ला, जाजरकोट छन् । ‘स्थानीय तहमा बढी समस्या देखिएको छ । खोप खरिद भई जोत्ने र दुधालु गाईभैंसीलाई दिइएको छ,’ उनले भने । जानकारका अनुसार रोग लागेकालाई खोप दिँदा थप जटिलता आउने भएकाले निरोगी गाईभंैंसीलाई खोप दिइएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७