

काठमाडौं । विश्व टेस्ट च्याम्पियन्सिपमा भारतलाई पराजित गरेर उपाधि जितेको अस्ट्रेलिया आइसीसीका सबै प्रतियोगिता जित्ने पहिलो टिम बनेको छ। टेस्ट च्याम्पियन्सिपको फाइनलमा आइतबार भारतलाई २०९ रनले पराजित गर्दै अस्ट्रेलियाले आइसीसीका सबै प्रतियोगिता जितेको हो। अस्ट्रेलियाले दिएको ४४४ रनको लक्ष्य पछाइरहेको भारतले पाँचौ दिनमा ६३ दशमलव ३ ओभरमा २३४ रनमा अलआउट भयो।
भारतका लागि विराट कोहली ४९, आजिख्य रहाने ४६, कप्तान रोहित शर्मा ४३, चैतेश्वर पुजारा २७ र शुभमन गिलले १८ रन बनाएका थिए। अस्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट लिए। स्कट बोलेन्ड रसमानले ३ विकेट लिए।
भारतले चौथो दिनको खेल सकिदा ३ विकेट गुमाउदै १६४ रन बनाएको थियो। चार दिनको खेल सकिँदा टेस्ट च्याम्पियन्सिपको फाइनल रोचक बनेको थियो। यस अघि अस्ट्रेलियाले पहिलो दिन ४६९ रन बनाएको थियो भने भारतले २९६ रन बनाएको थियो।
पहिलो इनिंगमा १७३ रनको अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिंगमा ८ विकेट गुमाउदै २७० रन बनाएर भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो।
यो सँगै अस्ट्रेलियाले आइसीसीका प्रतियोगिताहरुमा एकदिवसीय विश्वकप पाँच पटक, टी २० विश्वकप एक पटक, च्याम्पियन्स ट्रफी दुई पटक र विश्व टेस्ट च्याम्पियन्सिप जितेर आइसीसीका सबै प्रतियोगिता जित्ने टिम बनेको हो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७