

काठमाडौ ।अहिले कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । यी क्षेत्रको मौसम आं शिकदेखि सामान्य बदली रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । पनी पर्न सुरु भए पनि मनसुनी गतिविधि सुरु नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रि–मनसुनी गतिविधिकै कारण यी क्षेत्रको मौसम बदली भई पानी पर्न थालेको हो ।
गए राति आइतवार पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । पानी पार्ने प्रणाली पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा सरिरहेको छ । मनसुनी गतिविधिमा पूर्वबाट पश्चिमतर्फ प्रणाली सर्छ । त्यसैले यसलाई मनसुनी गतिविधि भन्न नमिल्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनी गतिविधि एकरदुई दिनमा सुरु हुने उहाँले जानकारी दिनुभयो ।
समान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिन्छ । तर एकरदुई दिन भने तलमाथि हुन सक्ने मौसमविद्ले बताएका छन् । आज जुन १२ तारिख हो । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको छ । यसले केही शीतल बनाएको छ । तर यो प्रणालीको असर मध्य र पश्चिम तराईमा भने नपरेकाले त्यहाँ आज पनि तातो हावा, लूु चल्ने अनुमान छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७