

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्ने बताएका छन् । आइतबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका उनले एकीकृत क्लालेन्डर लागू गर्ने गृहकार्य भइरहेको जनाए ।
विश्वविद्यालय अनुदान आयोगले क्यालेन्डर बनाउन प्रारम्भिक काम सुरु गरेको छ । उक्त क्यालेन्डर आगामी भदौदेखि लागू गर्ने तयारी छ ।
‘विश्वविद्यालयका शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा लागू हुन नसक्दा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशन सम्बन्धी कार्य निर्धारित समयमा नभई विद्यार्थीको भविष्यमा धक्का लागेको छ, अभिभावकमा आफ्ना सन्ततिको भविष्यप्रति चिन्ताबोध हुने गरेको छ,’ दाहालले थपे, ‘विश्वविद्यालयमा निश्चित संख्यामा विद्यार्थी भर्ना भएपश्चात परीक्षा कहिले हुने र परीक्षाफल कहिले प्रकाशन गर्ने भन्ने तालिका निश्चित हुनुपर्दछ । सरकारले उच्च शिक्षा र विश्वविद्यालयका लागि ठोस समयतालिकासहितको क्यालेन्डर बनाउने र त्यसलाई कडाइका साथ लागू गर्ने कार्यको गृहकार्य थालिसकेको छ ।’
उच्च शिक्षासम्बन्धी राष्ट्रिय क्यालेन्डर तयार भएपछि उक्त क्यालेन्डरको सेरोफेरोमा विश्वविद्यालयहरूले आ–आफ्नो क्यालेन्डर बनाई कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए । क्यालेन्डर लागू नहुँदा त्रिभुवन विश्वविद्यालयलगायतमा नतिजाका लागि १८ महिना र परीक्षाका लागि १२ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । आयोगले तोकिएको समयमा भर्ना, परीक्षा र नतिजा सार्वजनिक नगर्ने विश्वविद्यालयको अनुदान कटौती गर्ने गरी क्यालेन्डर लागू गर्ने तयारी भइरहेको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७