

काठमाण्डौ । काठमाण्डौमा हिजो यसवर्षकै गर्मी भएको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । जुन यस वर्षकै सबैभन्दा धेरै भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । तर यो, रेकर्ड ब्रेक भने होइन।
सन् २०१२ मा काठमाण्डौको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । यसपालि गएको २५ गते ३२ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता भने केही घटेको थियो । तर, हिजो यस वर्षकै सबैभन्दा धेरै ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको मौसमविद् कँडेलले बताउनुभयो ।
आज भने काठमाण्डौको मौसम आंशिक बदली हुने सम्भावना रहेको कँडेलले बताउनुभयो । उहाँका अनुसार दिउँसो २र३ बजेतिर क्षणिक वर्षाको समेत अनुमान छ । आज हिजोभन्दा शीतल हुने मौसमविद्ले बताएका छन् ।
केही दिनयता देशभरका धेरै ठाउँमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ । हिमाली जिल्लामा समेत तापक्रम बढेको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७