

काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ ।
यसअघि नै यस्तै प्रकृतिको नियम भए पनि कार्यान्वयन नहुँदा नेपाली उद्योगीरव्यापारी र बजार मर्कामा परेको गुनासो पछि परिस्कृत रुपमा कडाइको व्यवस्था गरिएको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए ।
‘नयाँ नियम राजपत्रमा आएसँगै हामीले मातहतका कार्यालयलाई यसबारे जानकारी गरायौं, अहिले कार्यान्वयन सुरु भएको छ,’ उनले भने, ‘नेपाल(भारत सीमामा भारततर्फका बजारमा गरिने किनमेलमा एक सय रुपैयाँ भन्दा धेरै भयो भने त्यो भन्सार घोषणा गरेर मात्रै नेपाल ल्याउन पाइन्छ ।’
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७