

दाङ । लामो समयसम्म पानी नपरेर गर्मी अत्यधिक बढेपछि दाङको घोराहीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपलमा १२ जना पण्डितबाट रुद्री पाठ गराइएको हो ।
घोराही उपमहानगरपालिका–१४ को ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही, ब्राह्मण समाज दाङ, पतञ्जली योग समितिको संयुक्त आयोजनामा पूजा पाठ गरिएको हो । कार्यक्रमका लागि भरतमणि पाण्डे र विष्णुप्रसाद गौतमले आर्थिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा घोराही–१४ को ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा ज्येष्ठ नागरिक जयदेव भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा घोराही–१८ का वडाध्यक्ष भरतमणि अर्याल, १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, १५ का वडा सदस्यहरू माधव श्रेष्ठ, उत्तम बुढाथोकी, पतञ्जली योग समितिका शारदा पोख्रेल, ब्राह्मण समाजका इन्जिनियर ऋषिराम शर्मालगायतको सहभागिता रहेको थियो ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७