

काठमाडौं। नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । पार्टी महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् । सदस्यता नवीकरण तथा नयाँ सदस्य दुवै अनलाइनबाटै गर्न महामन्त्री थापाले जानकारी दिए ।
धनकुटाको जिल्ला सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले असार १ बाट कांग्रेसको अनलाइन सदस्यता भर्न सकिने जानकारी गराएका हुन्। पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने बताए।
थापाले तन्नेरीहरु बोकेर देश भएपनि त्यसबाट लाभ लिन नसकेको बताए । १० १५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताए। देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ । ‘देश बदल्न पहिले कांग्रेस बदल्ने जरुरी छ। हामी हाम्रो कांग्रेस बदलौं,’ महामन्त्री थापाले भने,‘सुध्रिएको कांग्रेसले अल्मलिएको देशलाई ठीक ठाउँमा ल्याउँछ । निराश भएको नागरिकलाई उत्साह ल्याउँछ।’
कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताए। पार्टीका लागि संगठनको भूमिका २० प्रतिशत र नेताको छवि ८० प्रतिशत भूमिकाले काम गर्ने थापाको ठम्याई छ। ‘नेताले विश्वास गुमाएको, उत्साह नभएको, आर्कषण घटेको सबैले मान्नुपर्दछ,’ थापाले भने,‘हामी कतिपयले विश्राम लिनुपर्ने कुरालाई पनि मान्नुपर्दछ।’
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७