

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुबारीमा रहेको एक गुम्बामा दादुरा फैलिँदा ५४ जनामा संक्रमण देखिएको छ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार गोकर्णेश्वरमा रहेको एक बौद्ध गुम्बामा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका ५४ जना बिरामी फेला परेपछि यी मध्ये ४ वटा नमूनालाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको हो।
‘आरुबारीमा रहेको एउटा गुम्बामा ५० जना दादुराका लक्षण भएका बिरामी भेटिएका थिए तीमध्ये ५ वटा नमुना परीक्षण गर्दा दादुरा पुष्टि भएको छ यही आधारमा हामीले ५४ जना नै दादुराको बिरामी भएको मानेर आइसोलेसनम राख्न भनिएको छ’ भण्डारीले भने
ल्याब रिपोर्टमा ४ जनामा पुष्टि भए पनि लक्षण देखिएका सबै दादुराका बिरामी हुन् किनकि संक्रमण पुष्टि भएका बिरामीसँगै बसेका उनीहरूमा सबै दादुराकै लक्षण देखिएको छ।
दादुरा संक्रमण देखिनेमा ३ वर्षा बालबालिकादेखि ३८ वर्ष सम्मका युवा रहेको खोप अधिकृत भण्डारीले बताए।
उनले भने, ‘उक्त गुम्बामा जम्मा ५६० जना बस्नुहुँदो रहेछ जसमध्ये ५४ जनामा दादुरा संक्रमण देखिएको हो यसरी भेटिएका बिरामीहरू ३ वर्षदेखि ३८ वर्ष सम्मको हुनुहुन्छ तर धेरैजसो १५ वर्षमुनिका हुनुहुन्छ।
यसरी भेटिएका बिरामीमध्ये धेरैले दादुरा विरुद्धको खोप नलगाएको पाइएको समेत खोप अधिकृत भण्डारीले बताए।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७