

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा गलत प्रक्रिया अपनाएको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदैन लामिछानेले रास्वपा जन्मसिद्ध नागरिकका सन्तानले र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा दृढ रहेको बताए ।
जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार मेरो र तपाईंको जत्ति नै सुनिश्चित हुनुपर्छ,ु उनले भने, विधेयक संसद्मा आएको भए हामी छलफल गर्थ्यौं, स्वामित्व लिन्थ्यौं तर जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा विपत्ति यत्तिमा हो । सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदबारे कुरा गर्ने थियौं ।
वैवाहिक अंगीकृतको विषयमा विभेद गरिएको पनि लामिछानेको भनाइ थियो । नागरिकता विधेयकको प्रक्रियाको विरोध गर्दा आफ्नो पुत्ला जलाइएको भन्दै उनले आपत्ति जनाएका छन् । नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायकविरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ, उनले भने, त्यसो गर्नेहरूलाई म यति मात्रै भन्न चाहन्छु कि राजनितिसँग कुनै सरोकार र भोट बैंकको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति वैदेशिक रोजगारीका समस्या र मिटरब्याज समस्याका विषयमा मधेसी जनताको पक्षमा हामी उभिएको संसार साक्षी छ । जनतामा भ्रमित हुने गरी जबर्जस्ती रास्वपाविरुद्ध अफवाह फैलाइएको उनको भनाइ थियो ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७