

नयाँदिल्ली । ओडिशामा गत शुक्रबार भएको रेल दुर्घटनामा तीन जना नेपाली नागरिकको निधन भएको खुलेको छ । दुर्घटनामा एक जना भने घाइते भएका छन् । ओडिशा टिभीको रिपोर्टअनुसार अहिलेसम्म चारजना नेपाली नागरिक रेल दुर्घटनामा परेको खुलेको हो । त्यसमध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते अवस्थामा उपचाररत छन् ।
कटकको एससीबी मेडिकल कलेजमा १५ वर्षीय बालकको उपचार चलिरहेको छ । उनको नाम रामानन्द पासवान बताइएको छ । उनको खोजीमा पर्सा जिल्लाबाट आएका उनका बुवा हरि पासवानसँग रामानन्दको भेट भइसकेको टीभीले आफ्नो रिपोर्टमा जनाएको छ ।
रामानन्द आफ्ना अन्य तीनजना आफन्तहरूसँग कामको खोजीका लागि ओडिशा आएका थिए । उनको साथमा रहेका तीन जनाको निधन भएको रिपोर्टमा उल्लेख छ । दुर्घटनामा नेपालीको मृत्यु भएकोबारे स्वतन्त्र पुष्टि भने भइसकेको छैन । उनीहरू कोरोमंडल एक्सप्रेसबाट यात्रा गर्दै थिए । मृत्यु भएकाहरूको पहिचान भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
दिल्लीस्थित नेपाली दूतावासले मिडिया रिपोर्टबाट आएको जानकारीबारे विदेश मन्त्रालय तथा नेपाली समुदायसँग बुझ्ने प्रयास भइरकेको बताएको छ । ओडिशाको बालसोर जिल्लाको बाहानगा बजार रेल्वे स्टेसननजिक शुक्रबार बेलुका ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा तीनवटा रेल परेको हो । पहिलो एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किन पुगेको हो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७