

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा मूर्रा भैंसी ल्याउनेबारे स्पष्टीकरण दिएका छन् । उनले यो विषयमा सात वर्षअघि नै कुरा भएको जानकारी दिए । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी दिने क्रममा भैंसीको प्रसंगबारे कुरा उठाएका हुन् ।
भैंसीको कुरा अहिले भएको होइन । आजभन्दा सात वर्षअघि नै मूर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । मान्छेले अहिले मलाई भैंसी चढाएर हिँडेका छन्‚ प्रधानमन्त्री दाहालले भने ।
यो भैंसीको प्रसंग उठेपछि प्रतिनिधिसभामा होहल्ला भएको छ । प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग गरेका थिए ।
तर एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरूले उठेर प्रतिवाद गरेका थिए । एमाले नेता सूर्य थापाले सत्ता पक्षले दादागिरी गरेको भन्दै नियमापत्ति भएको बताए ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७