

काठमाडौं । हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचना लाटकारको निधन भएको छ।
९४ वर्षको उमेरमा आइतबार साँझ मुम्बईमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। श्वासप्रश्वासकी बिरामी उनलाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो। त्यहीँ साँझ ६ बजे उनको निधन भएको हो।
सुलोचनाको निधनमा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली दिएका छन्। उनको पार्थिव शरीर सोमबार प्रभादेवीस्थित निवासमा अन्तिम संस्कारका लागि राखिने र साँझ शिवाजी पार्कमा अन्त्येष्टि गरिने जनाइएको छ।
मराठी फिल्मबाट आफ्नो करियर सुरु सुलोचनाले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेकी छन्। विशेषगरी ४० देखि ६० को दशकसम्म बढी सक्रिय उनी हिन्दी फिल्ममा आमाको भूमिकामा बढी प्रशंसित थिइन्।
४० को दशकमा अशोक कुमार, त्रिलोक कुमार र नाजिर हुसेनजस्ता स्टारसँग अभिनय यात्रा थालेकी उनले सन् १९६० देखि देवानन्द, धर्मेन्द्र, सुनिल दत्त, राजेश खन्ना र अमिताभ बच्चनजस्ता सुपरस्टारको आमाको भूमिका निभाइन्।
उनले ‘आए दिन बहार के’, ‘मुकद्दर का सिकन्दर’,‘मजबुर’, ‘तलाश’ र ‘आजाद’ जस्ता फिल्ममा काम गरेकी उनी अन्तिमपटक सञ्जय लीला भन्सालीको ‘बाजीराव मस्तानी’ भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेकी थिइन्।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७